दार्जिलिङमा पहिरोले घर पुरिएर एक दम्पतीको मृत्यु


झापा । पहिरोले घर पुरिएर भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा नेपाली भाषी एक दम्पत्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्जिलिङ जिल्लाको पुबंग फाटक सुखियापोखरी बस्ने ६० वर्षीय कुमार लोप्चन र उनकी श्रीमती ५५ वर्षीया कुमारी लोप्चन रहेको दार्जिलिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार राति भारी वर्षापछि सुखिया पोखरीमा पहिरो गएको थियो।

माथिबाट खसेको पहिरो घरमा खसेको र घरभित्र रहेको रहेका लोप्चन दम्पत्तिको पुरिएर मृत्यु भएको हो। घरभित्रै लोप्चन दम्पति पुरिएपछि तत्काल प्रहरी र दमकलका कर्मचारीले उनीहरूको उद्धार गरेका थिए। तत्काल उद्धार गरिएका दम्पतिलाई अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउन वितिक्कै चिकित्सकले मृत घोषणा गरिदिएको दार्जिलिङ प्रहरीले भारतीय सञ्चार माध्यमलाई जानकारी दिएको छ। पहिरोले सो क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुर्‍याएकाले त्यहाँको जनजीवन प्रभावित बनेको छ। घटनापछि दार्जिलिङका जिटीए अध्यक्ष अनित थापाले घटनास्थलको स्थलगत निरीक्षण गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार