इटहरी, २३ असनर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला (अनेम) संघ कैलालीकी अध्यक्ष गीता दिर्घ सोडारीले अश्लील गाली गरेको अडियो सार्बजनिक भएको छ ।
सुदूर–पश्चिम प्रदेश सरकारका बर्खास्त भएका सामाजिक विकास मन्त्री दिर्घ सोडारीकी पत्नी गीता हुन् । पूर्व सामाजिक विकास मन्त्री सोडारीसँग सम्बन्ध राखेको भन्दै एक महिलालाई गीताले सुन्नै नसकिने गरी गाली गरेकी छिन् । गीताले धम्कि दिदै तँलाई नाङ्गै पारेर पिट्छु रण्डी रु कहाँ जानु पर्ने जा, तँलाई मार्छु ।’सोही कारण ति पीडित महिला कैलाली पुग्न सकेकी छैनन् । उनले, आफूलाई आएको धम्कीसहितको अडियो र उजुरी अनेम संघ केन्द्रीय कार्यालय, प्रधानमन्त्री ओलीको नीजि सचिवालय बालुवाटारमा बुझाएकी छन् ।
सोडारीकै कारण ति महिलाको विचल्ली भएको छ । उनले न्यायका लागि प्रधानमन्त्री कार्यालयसँग शरण समेत मागेकी थिइन् । सोही अडियोलगायतका अपशव्दसहितका कतिपय प्रमाण प्रधानमन्त्री ओली आफैंले पनि प्राप्त गरेको भोलीपल्टै मन्त्री पदबाट दिर्घ सोडारीलाई मुक्त गरिएको थियो ।






















