भोजपुरमा पन्ध्र सय बढी भूकम्प पीडितले नयाँ घर पाए


भोजपुर, १७ असार । जिल्लामा भूकम्पबाट क्षति भएका एक हजार पाँच सय घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्क अनुसार एक हजार पाँच सय ६९ जनाले

निर्माणकार्य सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम समेत बुझेका छन् ।त्यस्तै दुई हजार ८९ घर सकिने अवस्थामा पुगेका कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १४२ ले पहिलो किस्ता लगेका छन् भने तीन हजार ६५८ जनाले दोस्रो किस्ता लिएका छन् । भूकम्पले पाँच हजार ४४९ घर पूर्ण रुपमा क्षति भए पनि पाँच हजार १७२ ले मात्र सम्झौता गरेका थिए ।

त्यस्तै जिल्लाभर ४५२ प्रवलिकरणका लाभग्राही रहेकामा अहिलेसम्म २१४ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जति सक्दो चाँडो पुनःनिर्माणसक्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पुनःनिर्माणको कामले पछिल्लो समय गतिलिएको छ, यसलाई अझ चाँडोसक्न सबै संयन्त्र प्रयोग गरेर कार्यालयले काम अगाडि बढाएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार