धादिङमा तीन वटा गाडी एक–आपसमा ठोक्किए, दुई जनाको ज्यान गयो


धादिङ, १५ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ मा तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा धादिङ महादेवबेसीका २७ वर्षीय श्याम श्रेष्ठ र नाम,ठेगाना नखुलेको २०र२१ वर्षकी महिला रहेको धादिङ प्रहरीले जनाएको छप्रहरीका अनुसार लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ माइक्रो बस र बा २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको ।दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

अन्य घाइतेहरुमध्ये १८ जनालाई राजमार्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको, गजुरी अस्पतालमा ७ जना र चरौदी अस्पतालमा २ जनाको उपचार भइरहेको साथै ३ जना सामान्य उपचारपछि पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।सामान्य घाइते भएका बा ३ ख १००४ नं को बसका चालक नवलपरासीको मध्यबिन्दु घर भएका २७ वर्रषीय रबिन खड्कालाई जोगिमारा प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार