एसियाका बाख्रा विज्ञको सम्मेलन चितवनमा हुने


चितवन, १३ असार । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ ।विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान

संकायको आयोजनामा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयको बहुउद्देश्यीय भवनमा सम्मेलन हुने संकाय डिन प्रा.डा. शारदा थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिइन् ।सम्मेलनमा १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् । सम्मेलनमा नेपालमा बाख्रा विशेषज्ञ, पशु क्षेत्रमा काम गरिरहेका विज्ञ, उद्यमी र किसानहरुको सहभागिता रहने उनले बताइन्

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरीका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्या देशका बाख्रा विषेशज्ञ सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार