मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम


 

 

 

काठमाडौं १३ असार, । नेपाल राष्ट्र बैंकले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने भन्दै दबाब दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले बिहीबार वाणिज्यबैंकका अध्यक्ष र प्रमुख कार्यकारीअधिकृतलाई छलफलमा बोलाई एक आपसमा गाभिनैपर्ने गरी निर्देशन दिए ।गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकलाई निर्देशन दिएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

‘गभर्नर सापले २७ गते अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकहरुलाई भन्नुभएको छ’   कुराकानीमा प्रवक्ता निरौलाले भने, ‘१५ दिनभित्र कुन–कुन बैंक कोसँग मर्ज हुने आफैं निर्णय गरेर आउनुहुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार