बढ्दै २० वर्षमुनिका गर्भवती


सिन्धुली,१२ असार । सिन्धुली अस्पतालमा गर्भ जाँच गराउन आउने अधिकांश बालिका रहेका पाईएको छ । सरकारले बालविवाह न्युनीकरणका लागि विभिन्न अभियान

चलाईरहेको र मुलुकी संहितामा विवाहवारीको उमेर २० वर्ष तोकिएको भए पनि २० वर्ष मुनीका गर्भवतिहरुको संख्या अत्यधिक देखिए सिन्धुली अस्पतालले जनाएको छ ।सिन्धुली अस्पतालमा दैनिक रुपमा ५० देखि ७० जनासम्म गर्भवति महिला स्वास्थ्य जाँच गराउन आउने गरेका छन । ती मध्ये करिव १० देखि १५ जना २० बर्ष भन्दा कम उमेरमा आउने गरेको अस्पतालको तथ्यांक छ ।

अस्पातलमा २०७५ श्रावणदेखि २०७६ जेठ मसान्तसम्ममा २ हजार ३३७ जना गर्भवतिहरुले स्वास्थ्य जाँच गराएकोमा एकसय ५५ जना १३ देखि १८ वर्ष विचका रहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन तथा स्त्री रोग विशेषज्ञ सुमित्रा गौतमले बताइन् ।गौतमका अनुसार स्वास्थ्य जाँचका लागि आएका गर्भवतिहरुमा पछिल्लो समय २० बर्ष भन्दा कम उमेरका वढी मात्रामा आउने गरेका छन । यसरी आउनेमा जिल्लाका ग्रामिण भेगका रहेका छन । कम उमेरमा आमा बन्न लाग्दा स्वास्थ्यमा समस्या आउने र अस्पतालमा आउने गरेको उनले बताइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ग्रामिण भेगमा रहेर सेवा दिएका स्वास्थ्यकर्मीहरुले सिन्धुली अस्पतालमा पठाउने गरेको उनले बताईन । गत बर्षको तुलनामा यस वर्ष गर्भवति बालिकाहरु धेरै आएको उनले बताइन् ।यस्तै, अस्पतालमा सुरक्षित गर्भपतनका लागि आउनेमा पनि बालिकाहरु छन । १३ देखि १५ बर्ष उमेर समुहका बालिका समेत सुरक्षित गर्भपतनका लागि आउने गरेको उनले बताइन् । कम उमेरमा आमा बन्नेहरुसँग बुझ्दा अधिकांस आफुखुसी विवाह गरेकाहरु रहेको उनले बताईन । केहि थोरै मात्र अविभावकले विवाह गरिदिएका आउने गरेका छन । कम उमेरमा आमा बन्नेहरु प्रायः जनजातीहरु रहेका छन ।

पछिल्लो समय अस्पतालमा अविवाहित गर्भवतिहरु पनि आउने क्रम बढ्न थालेको छ । यसरी आउनेमा पनि १५ वर्ष मुनीका रहेका छन । यसरी आउनेहरुमा अधिकांश विवाहित पुरुष तथा घरवार भईसकेकाबाट पीडित बनेका बालिकाहरु छन । यसले समाजको अर्को विकृत रुपलाई पनि देखाएको गौतमले बताईन । उनका अनुसार प्रविधिको बढ्दो प्रयोगसँगै आफुसुखी बालविवाह बढेको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार