भोजपुरको गुठमा आगलागी


भोजपुर,११ असार ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका -६ गुठमा आगलागी हुँदा ३५ हजार बराबरको क्षति भएको छ ।स्थानीय मिलन श्रेष्ठको गोठमा बस्तुलाई खोले पकाउने क्रममा लागेको आगोले श्रेष्ठको गोठ र फुसको छानो भएको एक तले घर आंशिक रुपमा जल्दा सो क्षति भएको प्रहरीले जनाएको छ ।

बुधवार विहान भएको आगलागी प्रहरी चौकी कोटबाट गएको प्रहरी टोली र स्थीनयको सहयोगमा नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको प्रहरीको भनाई छ ।तेस्रो गाउँसभा सम्पन्न 
रामप्रसादराई गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ ।

कृषि, विद्युत, पर्यटन तथा सडक विस्तार यसैमा छ रामप्रसाद राई गाउँपालिकाको विकास र समृदिको आधार भन्ने मुल नाराका साथमा सभा गरिएको हो ।सभाले आगामी वर्षको लागि ३६ करोड ८ लाख ७० हजार वरावरको बजेट सिलिङ प्रस्तुत गरेको गाउँपालिकाका योजना साखा प्रमुख ज्ञानराज भटट्राईले जाननकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार