भोजपुरमा १७ वर्षीय युवकको डुवेर मृत्यु


भोजपुर, २ असार ।
साल्पासिलिछो गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर युवकको ज्यान गएको छ । वडा नम्वर ५ का स्थानीय मदन राईका १७ वर्षीय छोरा छत्र वहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार डुवेका राईको मृत्युको खवर प्रहरीलाई ढिला गरेर आएपछि सोमबार आवश्यक प्रक्रिया पुरागरि शव परिवारको जिम्मा लगाएको प्रहरीको भनाई छ । मृतक राईको मानशिक सन्तुलन ठिक नभएको परिवारले बताएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर १ को मृत्यु, १ घाइते
उदयपुरको चौदण्डीगढी नगरपालिका – १ छुईलामा आज बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने ३१ बर्षका गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबायल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श्रीमती बर्ष ३० की सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो ।

करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार पठाईएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार