
रोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रोल्पाको माडी लुङ्ग्री करिडोर सिँचाइ आयोजनाका सब–इञ्जिनियर तारा श्रेष्ठलाई १ लाख घुससहित कार्यालयबाट रङ्गेहात पक्राउ गरेको छ ।
सब–इञ्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले छापा मार्दा कार्यालयबाट रङ्गेहात पक्राउ परेका हुन् ।
घुससहित नियन्त्रणमा लिइएका श्रेष्ठमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।






















