
नेपाली बजारमा सुनको भाउमा वृद्दि भएको छ । बितको एक सातामा सुनको भाउ प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको छ । अघिल्लो साताको सोमबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रूपैयाँ रहेकोमा यस साताको सोमबार प्रति तोला ५८ हजार ५ सय रूपैयाँ कायम भएको छ ।
यस्तै छापावाल सुनमा आएको वृद्दि सँगै तेजावी सुनमा पनि सोहीदरमा वृद्दि भएको छ । अघिल्लो साताको सोमबार प्रति तोला ५६ हजार ९ सय कायम भएको तेजावी सुन यस साताको सोमबार प्रति तोला ५८ हजार २ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा यस्तो वृद्धि बितेको ४ वर्षयता कै उच्च हो ।






















