भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस सम्पन्न, दलितका मुद्धामा सरकारको ध्यान नगएको गुनासो


भोजपुर २१ जेष्ठ । भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । कुनै पनि व्यक्ति वा समुदयलार्य जातजातिका आधारमा हुने छुवाछुत तथा भेदभाव प्रथालाई निरुत्साहित गर्ने उद्देश्यका साथ दिवस मनाईएको हो । कार्यक्रममा सहभागिहरुले दलितका मुद्धालाई सरकोले चासोका साथ हेर्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै कार्यक्रम बोल्दै दलित उत्थान ग्रामिण समाज समिति भोजपुरका अध्यक्ष बबिन्द्र रसाईलीले जातजातिका आधारमा जातिय सर्वोच्चता वा घृणाका आधारमा आधारित विचारको प्रचारप्रसार गर्ने कुनैपनि व्यक्तिलाई कानुनतः कडा कारबाही गरिनुपर्ने बताए ।

नेपाल संविधानमा दलितलाई श्रममा लगाउन ईन्कार गर्ने, श्रमबाट निष्कासन गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने वा गर्न गराउनबाट उक्साउने कार्य समेत गराउने कार्य भए गरेमा नेपालको संविधान धारा २९६ को उपधारा १ बमोजिम मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १० अन्र्तगत ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरको संयोजन तथा दलित संघ मुल समारोह समितिको आयोजनामा मंगलबार सामुदायिक भवन भोजपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार