
भोजपुुर २१ जेष्ठ ।
भोजपुर लेगुवा सडक खण्ड अन्तरगत भोजपुर नगरपालिका -८ दुम्सीकामा गाडी दुर्घटना भएको छ । जेष्ठ २० गते दिनको साडे तीन बजेको समयमा भोजपुरबाट धरान तर्फ जाँदै गरेको जलस्रोत अनुसन्धान तथा विकास केन्द्र पुलचोक ललितपुरको बा २ झ २१६७ नम्वर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पान्डप कुमार राजवंसीले बताए । गाडी मोडमा अनिन्त्रीत भई सडकबाट पाँच मिटर तल खसेको थियो । दुर्घटनामा कुनै मानविय क्षेती नभएको प्रहरीले जनाएको छ ।
बसेको ठाउँमै वडा सदस्यको मृत्यु
बेलबारीर मोरङको केराबारी गाउँपालिका वडा नं। ३ का वडासदस्य आइतसिंह मगरको बसेको ठाउँमै सोमबार निधन भएको छ ।वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न गएको क्रममा मगरको मृत्यु भएको थियो ।फिल्डमा पुगेर केही कुराकानी गर्दागर्दै विस्तारै ढलेका मगरको क्षणभरमै उनको मृत्यु भएको स्थानीयवासी महेन्द्र मगरले बताए । नेपाली काङ्ग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर एक छोरा, एक छोरी र श्रीमतीसहित भोगटेनीको झिजेमा बस्दै आएका थिए ।






















