बसेको ठाउँमै वडा सदस्यको मृत्यु


बेलबारी । मोरङको केराबारी गाउँपालिका वडा नं। ३ का वडासदस्य आइतसिंह मगरको बसेको ठाउँमै सोमबार निधन भएको छ । वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न गएको क्रममा मगरको मृत्यु भएको थियो ।

फिल्डमा पुगेर केही कुराकानी गर्दागर्दै विस्तारै ढलेका मगरको क्षणभरमै उनको मृत्यु भएको स्थानीयवासी महेन्द्र मगरले बताए । नेपाली काङ्ग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर एक छोरा, एक छोरी र श्रीमतीसहित भोगटेनीको झिजेमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार