सोलुखुम्बुमा हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो


काठमाडौं २० जेठ । चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए ।

नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो । सैनिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली पठाइसकिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार