हेर्नुस नायिका वर्षा राउतको ‘बोल्ड अवतार


काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनका क्रममा प्रचार प्रसारको लागि अष्ट्रेलियामा पुगेकी नायिका वर्षा राउत बोल्ड अवतारमा देखिएकी छिन् । चलचित्रमा साधारण युवती वा महिलाको भूमिकामा निकै रुचाउने गरेकी उनी शुक्रवार दिउँसोदेखि एकाएक ट्रोलको शिकार भएकी छिन् ।

आफू अभिनीत चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि उनी अष्ट्रेलिया पुगेकी छिन् । शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् ।

चलचित्रमा को विशेष प्रदर्शनमा उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको छ । उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । उक्त पहिरनमा उनी निकै खुलेकी छन् । तर, ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् ।

जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसबेन, एडलेड, मेलवर्न, सिड्नीलगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ ।

चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई र कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की, वर्षा राउत अष्ट्रेलिया पुगेका छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ ।

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार