टेम्केमैयुङ गाउँपालिका अध्यक्षको आक्रोश म बाँदरको अध्यक्ष होइन .. (भिडियो अन्तरवार्ता सहित)


भोजपुर, १८ जेठ ।
टेम्केमैयुङ गाउँपालिकाले बाँदर नियन्त्रण अभियानलाई प्राथमिकता दिएको छ । बाँदरको आतंक बढेपछि गाउँपालिकाले विभिन्न विधिहरु निकालेर बाँदर व्यावस्थापन गर्न थालेको हो । गाउँपालिकाका विभिन्न वडामा बाँदर नियन्त्रणको लागि पासो समेत निर्माण गरेको छ । अहिले स्थानीयहरु पासोको सहायताले बाँदर नियन्त्रणमा लागेको हुन् ।

हेर्नुस : गाउँपालिका अध्यक्ष ध्रुवराज राईसंगको अन्तरवार्ता

अहिले सम्म करिव ४ सय बाँदर व्यावस्थापन गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । गाउँपालिकाको सहयोगमा पासो निर्माण गरेपछि बाँदर नियन्त्रणमा केहि सहज भएको स्थानीयले बताउने गरेका छन् ।विभिन्न वडाको तल्लो भेगका मानिसहरु बाँदरको कारण

बसाई सर्न थालेपछि बाँदर वस्तीमा पस्न थालेका छन् । बाँदरले अन्नबाली फलफूल खाएर हैरान परेपछि स्थानीयहरु बारी पुछारमा स–साना टहरा वनाएर बाँदर हेर्न वाध्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार