साउदीमा मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु


पथरी । वैदेशिक रोजगारीकोक्रममा साउदी अरेबियामा रहेका मोरङको पथरीशनिश्चरे १० का एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । पथरीशनिश्चरे १० ऐयाबारीका सनम चाम्लिङ राईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको उनको परिवार श्रोतले जानकारी दिएको छ ।

साउदीमा कुरियर मोटरसाइकल चालकका रुपमा कार्यरत रहेका थिए । उनको मोटरसाइकललाई अर्को सवारीसाधनले ठक्कर दिदा मृत्यु भएको हो । मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको छ । ३ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी पुगेका राई यसै वर्ष नेपाल फर्किने योजनामा रहेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार