
भोजपुर, १३ जेठ । भोजपुरमा शौचालय गएका एक व्यक्ती मृत फेला परेका छन् । भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिम मुँडे घर भएका ८६ वर्षीय वृद्ध नर्वु तामाङ सौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घुमफिर गर्दै जाने क्रममा भोजपुर नगरपालिका वडा नम्बर ४ सिद्धेश्वर बस्ने महेन्द्र बहादुर खड्काको घरमा आइतबार राती बास बसेका तामाङको शौचालय भित्र लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । तामाङको शवलाई आवश्यक कानुनी प्रक्रिया पुरागरी पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
ट्रकमा करेन्ट लाग्दा २ को मृत्यु, २ जना घाइते :हेटौँडा । मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।
इन्द्रसरोवर गाउँपालिका–३, स्थित कोगटेमा वाग्मती हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना४ख ९३२६ नंको ट्रकले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ट्रकमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटका गोपाल रामुली घाइते छन् । अर्का एक जना घाइतेको पहिचान हुन सकेको छैन । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।






















