टायर पड्किँदा बस दुर्घटना, १० घाइते


रौतहट, ११ जेठ । शनिवार दिउसो पूर्व पश्चिम राजमार्गको पौराइ जंगलमा बस दुर्घटना हुदा १० जना भन्दा बढी घाइते भएका छन्।

बर्दिवासबाट हेटौंडा जाँदै गरेको ना ७ ख ५८९० नम्बरको बसको टायर पड्केर दुर्घटना भएको जिल्ला टाफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।बस दुर्घटनामा सामान्य घाइते भएका १० जनाको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।

मोटरसाइकल ठोक्किदा बालजित गम्भिर घाईते

बराहक्षेत्र, ११ जेठ। बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थित धरान चतरा,नडाहा रामपुर सडक खण्डको खारखोलामा दुई मोटरसाईकल जुझ्दा १ जना गम्भिर भएका छन् ।

शनिवार चौबाटो रहेको सडक खण्डमा बिहान करिब १० बजेर ३० मीनेटमा भएको दुर्घटनामा चतरा वाट धरान जांदै गरेको को २१ प ८७४० नम्बर डिस्कभर र कोशीपूल वाट नडाहा जांदै गरेको को ५ प १९३ नम्बर अल्बा मोटरसाईकल आपसमा ठोक्किदा , वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ बस्ने ५५ वर्षिय बालजित राई गम्भिर घाईते भएको विपि क्याम्प प्रहरीका विश्वनाथ यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार