प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्री मोदीलाई टेलिफोनमा दिए बधाइ


काठमाडौैं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

बिहीवार अपरान्ह साढे बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन् । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरे ।

पेट्रोल पम्पको अनुगमन
काठमाडौं। काठमाडौं महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजु, कलंकी, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ ।

हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र सहरी विभागबाट एक÷एक सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरी अनुगमन गरिएको हो ।

समितिले ल्याएको अनुगमन प्रतिवेदनका आधारमा बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । २०५४ पछि खुलेका पम्प हटाउन समस्या नहुने उनले बताए । प्रतिवेदनका आधारमा स्थानान्तरण गर्न सकिनेलाई स्थानान्तरण गर्ने र नमिल्नेलाई थप व्यवस्थापनको सम्बन्ध भएका निकायलाई आग्रह गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार