भोजपुरमा खोलाले वगाउँदा ६ वर्षीय वालिकाको मृत्यु


भोजपुर, ९ जेठ ।
भोजपुरको अरुण गाउँपालिका–५ याकुमा खहरे खोलाले वगाउँदा बालिकाको मृत्यु भएको छ । विहिबार साँझ स्थानीय २५ वर्षीय शर्मिला श्रेष्ठकी ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासंग घर फर्कदै गरेकी सन्दीपालाई पानीसंगै आएको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाई छ । वालिकाको आमाले उनको ३ वर्षीय भाई र झोला बोकेको र उनी भने एक्लै हिड्ने क्रममा खोला बगाएको प्रहरीले जनाएको छ ।  आवश्यक कानुनी प्रक्रिया पुरागरि शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको इन्पेक्टर पाण्डव राजवंशीले बताए ।

विद्युत् चुहिएर किराना पसलमा आगोलागी,
झापा, ९ जेठ ।विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।

आगो समयमै नियन्त्रणमा आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुँदा रु ३० लाख बढी मूल्यको समान नष्ट भएको थियो भने अग्रवालको मोबाइल पसलमा समेत रु १० लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान छ । आगो करीब २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा वारुणयन्त्रको सहयोगले स्थानीय र प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार