इटहरीमा ३ तला माथिबाट खसेर किशोरीको मृत्यु


सुनसरी । सुनसरीको इटहरी उप(महानगरपालिका(६ संगित चोकमा आइतवार घरको ३ तला माथिबाट खसेर १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन ।

गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरान स्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार