भाइको छुरा प्रहारबाट दाजु घाईते


सोलुखुम्बु र सोलुखुम्बुमा छुरा प्रहारबाट एक व्यक्ति घाईते भएका छन् । नेचासल्यान गाउँपालिका ४ का राई दाजुभाईबीच सामान्य विवाद हुदा भाई श्याम कुमार राईले दाई मोविन राईलाई छुरा प्रहार गरेका थिए ।

बुधबार राति करिब १० बजे भएको घटनामा दाई मोविनको देब्रे कोखामा छुराले चिरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेको नेचा सामुदायीक अस्पतालमा उपचार भईरहेको छ । घाईते खतरामुक्त रहेको प्रहरीको भनाई छ । विवादको विषय खुल्न सकेको छैन् । छुरा प्रहारपछि फरार भाइलाई नेचाबजारबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार