भोजपुरको शिद्धकाली मन्दिरमा महायज्ञ सम्पन्न, कति उठ्यो भेट्टी ?


भोजपुर,२५ बैशाख।
सबै ओमकार परिवारलाई एक शुत्रमा वाध्ने तथा धर्मपरिवर्तनलाई निरुसाहित गर्ने उद्धेश्यले भोजपुरको प्रसिद्ध शिद्धकाली मन्दिरमा सञ्चालन भएको महायज्ञ वुधबारबाट सम्पन्न भएको छ ।
यज्ञमा हिन्दु, बौद्ध, किरात, जैन, सिख धर्मका गुरुहरुले एकै थलोबाट प्रवचन दिएका थिए । धार्मिक सहिष्सणुता कायम गर्ने उद्धेश्यले पहिलो पटक वहुधार्मिक एंव बहुसाँस्कृतिक यज्ञ सञ्चालन भएको हो । पाँच दिन सम्म सञ्चालन भएको महायज्ञले सवै ओमकार परिवारलाई एकले अर्काको धर्म प्रति भाईचराको भावना जागृत गराएको मुख्य गुरु श्रीहरि आध्यात्मिक गुरु कुल मनकामना धामका सस्थापक अध्यक्ष श्रीहरि लक्ष्मण गुरुल बताए। एक वर्षमा ११ ओटा महायज्ञ लगाउने लक्ष्य रहेकोमा यो दोश्रो महायज्ञ रहेको उनको भनाई छ ।


धर्मको नाममा किनवेच शुरु भएकोले त्यसबाट बचाउनको लागि सवै धर्ममा आस्था राख्ने गूरुहरुलाई एकै ठाउँमा उभ्याएर त्यसबाट सन्देश दिइएको आयोजकले जनाएको छ । सोही अवसरमा १५ लाख दिपद्धारा शिद्धकाली माताको महाआरति समेत गरिएको छ । महायज्ञमा भत्तजनहरुबाट २ लाख २५ हजार भेट्टी संकलन भएको छ भने तीन लाख रुपैंया खर्च भएको हिन्दु जागरण नेपाल भोजपुरका सल्लाहकार हरिकृष्ण दाहालले जानकारी दिए ।
त्यस्तै महायज्ञयका क्रममा आगामी कार्ययोजना पनि पारिएको छ, भने धर्म परीवर्तन विरुद्धको अभियान सक्रिय बनाउने र जिल्ला भरका देवी स्थलमा हुने पशुबलि अत्यका लागि सक्रिय भएर लाग्ने निर्णय गरिएको हिन्दु जागरण नेपाल भोजपुरका अध्यक्ष बोधराज अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार