प्रदेश एकको राजधानी विराटनगर बनाउन नेकपा संसदीय दलको प्रस्ताव


मोरङ, २२ वैशाख । प्रदेश एकको राजधानी विराटनगर बनाउन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

नेकपा संसदीय दलको बैठकले राजधानी विराटनगरमै राख्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी र सुन्दरहरैचा आसपास निर्माण गर्ने निर्णय भएको बताए ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ । प्रदेशको स्थायी राजधानी धरानलाई तोक्न माग गर्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ ।

प्रदेशसभा अगाडि सिट्ठी जुलुस निकाल्दै धर्ना दिएका उनीहरुले प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र पनि बुझाएका छन् । प्रदेश एकको नाममा भने सहमति जुटिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार