केटी भगाएको आरोपमा हातखुट्टा बाँधेर वडाकार्यालयमै कुटपिट


महोत्तरी,२२ वैशाख । महोत्तरीको सोनमा गाँउपालिकामा केटी भगाएको भन्दै दुई जना निर्घात कुटिएका छन् ।

सोनमा गाँउपालिका(१ की एक युवतीलाई भगाउन (बिहे गरिदिन) को लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र रामु साहमाथि कुटपिट भएको हो । उनीहरु बाबुछोरा हुन् ।

पीडितहरुले गाउँपालिका प्रमुख राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र प्रमोद यादवले आफूहरुलाई हातखुटा बाँधेर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । जनप्रतिनिधिहरु नै कुटपिटमा संलग्न भएको कारण घटना ढिलो गरी सार्वजनिक भएको बताएको छ ।

वैशाख १८ गते भएको घटना सम्बन्धमा आयोजित छलफलकै समयमा वडा कार्यालयकै परिसर भित्रै दुवैजनामाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।घटनाको सम्बन्धमा ढिलो गरी निवेदन परेको र घटना सम्बन्धमा आवश्यक छानबिन भैरहेको प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।
कुटपिटबाट दुवै जनाको शरीरमा निलडामहरु रहेको र घाउ जाँचको लागि स्वास्थ्य संस्था पठाइएको उनले बताए ।आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले समेत अस्पताल नलगी घरमा छाडेको पीडित शंकर साहको गुनासो छ ।

भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका अध्यक्षले यादवले चेतावनी दिएपछि भने आफूहरुमाथि कुटपिट रोकिएको साहले बताए ।गाउँपालिका प्रमुख राजकुमार यादवले भने आफूहरुलाई छलफल गराइदिन भन्दै दुबै पक्षले भनेको कारण छलफलमा सहभागी भएको र छलफलको क्रममा कुनै प्रकारको कुटपिट नभएको दावी गरेका छन् ।घटनालाई राजनीतीकरण गर्न खोजिएको र आफू र आफ्नो वडा अध्यक्षको उक्त कुटपिट घटनामा संलग्नता नरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार