
भोजपुर, २१ बैसाख ।
सबै ओमकार परिवारलाई एक शुत्रमा वाध्ने तथा धर्मपरिवर्तनलाई निरुसाहित गर्ने उद्धेश्यले भोजपुरको प्रसिद्ध शिद्धकाली मन्दिरमा शनिबवारबाट पाँच दिने महायज्ञ शुरु भएको छ । यज्ञमा हिन्दु, बौद्ध, किरात, जैन सिख धर्मका गुरुहरुले एकै थलोबाट प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सवै जातजाती विच धार्मिक सहिष्सणुता कायम गर्ने उद्धेश्यले पहिलो पटक वहुधार्मिक एंव बहुसाँस्कृतिक यज्ञ सञ्चालन भएको हो ।
यसले सवै ओमकार परिवारलाई एकले अर्काको धर्म प्रति भाईचराको भावना जागृत गर्ने मुख्य गुरु श्रीहरि आध्यात्मिक गुरु कुल मनकामना धामका सस्थापक अध्यक्ष श्रीहरि लक्ष्मण गुरुले बताए । उनले एक वर्षमा ११ ओटा महायज्ञ लगाउने लक्ष्य रहेको समेत बताए । उनले भने‘ मेरो एक वर्ष भित्रमा ११ ओटा महायज्ञ सञ्चालन गर्ने लक्ष्य छ, यो यज्ञ दोश्रो यज्ञरुपमा हामीले सञ्चालन गरेका हौ, यस्ता कार्यले समाजमा धार्मिक सहिष्सणुता कायम गर्छ ।’

अहिले धर्मको नाममा किनवेच शुरु भएकोले त्यसबाट बचाउनको लागि सवै धर्ममा आस्था राख्ने गूरुहरुलाई एकै ठाउँमा उभ्याएर सन्देश दिइने हिन्दु जागरण नेपाल भोजपुरका अध्यक्ष बोधराज आधिकारीले जानकारी दिए । साथै ११ लाख दिपद्धारा शिद्धकाली माताको महाआरति गरिएको समेत उनले बताए । उनले भने ‘ देशमा धर्मपरिवर्तनले ठुलो रुप लिईरहेको छ, पैसाको लोभमा लागेर धर्म परिवर्तन भइरहेको छ यस्ता कार्य रोक्नको लागि सन्देश दिन यज्ञ लगाइएको हो ।’
यज्ञमा महारुद्री, किरात राईको मुन्दुम तथा लामागुरुहरुबाट छोकापाठ गरिने आयोजकको भनाई छ । यज्ञ शुरु हुनुपूर्व भोजपुर बजारमा कलशयात्रा समेत गरिएको छ ।

स्थानियले सवै धर्मका धर्म गूरुलाई एकै ठाउँमा उभ्याएर ज्ञान दिनु निकै राम्रो र सराहनिय काम भएको प्रक्रिया दिएका छन् ।
किराँत राई यायोक्खाको जिल्ला सचिव विदुर राई भने‘ पछिल्लो समय धर्मका नाममा समाज विखण्डन तिर जाने अवस्था छ, यस्तो कार्यले सवै जातजाती विच धार्मिक सहिष्सणुता बढाउछ ।’ कार्यक्रममा विभिन्न जात जातीको संस्कार संस्कृति झल्कने झाँकी प्रर्दशन गरिएको छ ।






















