काठमाडौं, १९ बैशाख । धरान घर बताउने एक व्याक्तीलार्इ अनामनगरमा ६ लाख चोरी गरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर भाग्दै गर्दा धरान उपमहानगरपालिका घर बताउने २३ वर्षका किर्तन राईलाई स्थानीयले नियन्त्रणमा लिएर
काठमाण्डौं महानगरीय प्रहरीलाई जिम्मा लगाएको छ । राई यसअघि पनि पटक–पटक चोरीको अभियोमा पक्राउ पर्दै आएको प्रहरीले जनाएको छ ।






















