विप्लव समुहका ५ कार्यकर्ता कारागार चलान


विराटनगर,१८ वैशाख। नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो ।गत चैत १० गते मोरङको कानेपोखरीबाट कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, गत चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका

मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, चैत १३ गते सुनसरीका रमेश खड्का र गत फागुन १५ गते हतियारसहित पक्राउ परेका देबकुमार साँवा प्रहरी हिरासतमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार