
भोजपुर, १४ वैशाख । भोजपुरको षडानन्द नगरपालिकामा २ जना मृत फेला परेका छन् । षडानन्द नगरपालिका वडा नम्वर – ६ की १५ वर्षीय पुष्पा रम्तेल र वडा नम्वर – ७ की २१ वर्षीय बिमिता रोका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक अमतलाल माझीले जानकारी दिए ।
रम्तेल आँफु भाडामा वस्दै आएको षडानन्द नगरपालिका – ६ स्थित सकुन्तला खत्रीको घरमा विहिवार दिउसो ३ बजेतिर झुण्डीएको अवस्थामा फेला परेकी थिईन भने रोका षडानन्द नगरपालिका वडा नम्वर – ७ स्थित गौरी चौर नजिकको जंगलमा शुक्रवार विहान ७ बजेतिर विष सेवन गरि मृत अवस्थामा भेटिएको दिंला प्रहरीले जनाएको छ । रम्तेल यसै वर्षको एईई परीक्षामा स्थानिय अरुण माध्यमिक विद्यालयवाट सामेल भएकी थिईन भने रोकाका श्रीमान् वैदेशिक रोजगारमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
दुवै शवलाई कानुनी प्रक्रिया पुरागरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको छ । दुवै घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

















