यस्तो छ दीपिकाको बेडरुम


काठमाडौं । धेरैलाई चासो छ– बलिउडकी नम्बर–१ हिरोइन दीपिका पादुकोणको बेडरुम कस्तो होला रु कस्तोखाले पलङ र कोठामा सुत्छिन् होली उनी रु उनको बैठक कक्ष र स्टडी रुम कस्तो होला रु जान्न र देख्न नचाहने सायदै कोही होला । हुन पनि हो, हलिउडरबलिउड सेलिब्रेटीका व्यवसायिक भन्दा निजी जीवनका पक्षबारे झन धेरै चासो र चर्चा हुने गर्छ । उनीहरुको अभिनय, करिअरको उतार–चढाव, कमाइ जस्ता पक्षहरुभन्दा डेटिङरअफेयर्स, ब्रेकअप, डिभोर्स, जीवनशैली, आनीबानी जस्ता कुराहरुमा संचारमाध्यम र सुभचिन्तकहरुले बढी रुचि राख्छन् ।


बलिउड सुन्दरी दिपिकाको जीवनशैली र रहन–सहनबारे पनि बेलाबखतमा चासो र चर्चा संचारमाध्यममा छाउने गर्छ, जो यतिखेर विश्वकै सबैभन्दा धेरै कमाई गर्ने १० हिरोइनमध्येमा पर्न सफल पनि भएकी छन्। फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी दशौं नम्बरमा परेकी हुन् । उनको २०१५ को कमाई १० मिलियन डलर रहेको फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यसैले त उनी महंगो अपार्टमेन्ट किन्न सफल बलिउड हिरोइनमा समेत परेकी छन् । पछिल्ला दिनमा हलिउडबाट समेत कमाइ गर्न थालेकी छन् उनले । फिल्म ‘ट्रिपल एक्स स् रिटर्न अफ जेन्डर केश’ मार्फत दीपिकाले हलिउडमा समेत करिअर सुरु गरिसकेकी हुन् । त्यति मात्र होइन, बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने हिरोइन समेत हुन् । दीपिकाले सन्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’का लागि १२ करोड भारु पारिश्रमिक माग गरेको खबर संचारमाध्यममा आएको छ ।

आफैंले किनेको मुम्बईको प्रभादेवी क्षेत्रस्थित ‘बो मोन्ड टावर’ मा बस्छिन् । उनले ३३ तले यो टावरको २६औं तलाको अपार्टमेन्ट किनेकी हुन् । दीपिका त्यस्ती हिरोइनमध्येकी एकमा गनिन्छिन्, जो बाहिरबाट आएर मुम्बईमा आफनो कमाइले घर किनेर बस्न सफल भएका छन् । ‘बो मोन्ट’ मुम्बइकै निकै महंगो टावरमा गनिन्छन्, जसमा तीन वटा गगनचुम्बी भवन छन् । उक्त टावरको २६औं तला दीपिकाले १६ करोड भारुमा किनेकी हुन् । बलिउड हिरोइनले खरिद गरेका अपार्टमेन्टहरुमध्ये यसलाई महंगो अपार्टमेन्टका रुपमा समेत लिइन्छ । दीपिकाको ‘फोर–बीएचके’ अपार्टमेन्ट २ हजार ७ सय ७६ स्क्वायर फिट फराकिलो छ, जसलाई चर्चित इन्टेरियर डिजाईनर विनिता चैतन्यले निकै आकर्षक ढंगमा सजाएकी छन् । दिपिकालाई मनपर्ने सेतो, पिंक, सुनौलो र रातो रङ नै उनको अपार्टमेन्टमा पनि प्रयोग गरिएको छ । अपार्टमेन्टका भित्ता, फर्निचर, सजावट सामग्री, कपडा र कार्पेट जस्ता वस्तुहरुको रंग पनि सोही अनुसार छनोट गरी उनका कोठाहरु सजाइएका छन् । उनको अपार्टमेन्टमा तीन वटा बेडरुम, स्टडी रुम र लिभिङ रुम छन् ।

–एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार