काठमाण्डौ,२९ माघ ।
नेपाली फिल्म क्षेत्रको स्थापित कलाकार वर्षा राउत र सञ्जोग कोइरालाले ‘इन्गेजमेन्ट’ गरेका छन् । सोमबार पारिवारिक उपस्थितिसहित दुबैले औंठी साटासाट गरेका हुन् ।
यी जोडीले करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई आफ्नो परिवारको सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूको विवाह २ फागुनमा हुदैँछ । यद्यपी विवाहको मिति भने केहि समय अघि घोषणा गरेका थिए । विवाह हिन्दु परम्परा अनुसार गर्नेछन् ।
प्रणय दिवसको छेको पारेर विवाह गर्न लागेका सञ्जोग केहि समयअघि ‘कथा काठमाडौं’ फिल्म मार्फत दर्शक माझ आएका थिए भने वर्षाको फिल्म ‘गोपी’ १८ माघ देखि हलहरूमा चलिरहेको छ ।