काठमाडौं १९ माघ। अहिलेको बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै‘’ लाई स्टेजमा खराब तरिकाले गाएपछि दोस्रो नेपाल आइडल रवि ओड विवादमा मुछिएका छन् । लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका छन् ।
अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए । तर, उनको प्रस्तुती हेर्दा कुनै तयारी बिना गाएको जस्तो देखिएको थियो । गीतको मुखडा नै बिगारेका उनले कुनै पनि लाइन राम्ररी गाउन सकेनन् र बढिजसो दर्शकतिर माइक तेस्र्याए ।
रविले आफ्नै यूट्यूब च्यानलबाट यो गायनको भिडियो अपलोड गरेपछि आलोचना भएको थियो । शब्द नै कन्ठ नगरी गीत गाएको भनेर धेरैले कमेन्ट गरेका छन् ।
गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरे । उनले एकातर्फ गीतका सर्जकसँग अनुमति नलिई गाएको, गाउनुअघि क्रेडिट नदिएको तथा शब्दहरु नै तोडमोड गरेर गाएको भन्दै दुःख प्रकट गरेका थिए ।
तर, रविका फ्यानले उनीमाथि हल्लाबोल गरे । गालीगलौज नै हुन थालेपछि थापाले स्टाटस हटाएका छन् । तर, आफ्नो भनाइमा अहिले पनि अडिग रहेको बताउँछन् । ‘नेपाल आइडल भनिएको व्यक्तिले जथाभावी गाउँदा एउटा सिर्जनाको अपमान भएको छ, यसकारण म दुःखी भएको हुँ,’ उनले अनलाइनखबरसँग भने, ‘लोकगीत भनेरै हेपेर गाइएको हो भने त्यो सैह्य छैन ।’
अरुको सिर्जन अनुमतिबिना व्यवसायिकरुपमा गाउन नपाइने पनि उनी बताउँछन् । यस्तो कुरा गर्दा चर्को गाली सहनु परेको गुनासो गर्दै उनले भने, ‘कपिराइटको विषयमा हामी अझै ढुंगे युगमा नै रहेछौं भन्ने अनुभूति भयो । खासमा मैले व्यक्ति भन्दा पनि प्रवृत्तिमाथि प्रहार गरेको हुँ । म सर्जकको अधिकारको वकालत गरिरहने छु । रवि ओडसँग मेरो व्यक्तिगत वैमनश्यता छैन ।’
थापाले नेपाल आइडल ध्यान दिएर नहेरेकाले रविप्रति सुदूरपश्चिमेली जनताको सेन्टिमेन्ट बुझ्न नसकेको हुनसक्ने बताए । ‘मैले नेपाल आइडल आक्कल झुक्कल हेरेको हुँ तर, राम्ररी हेरेको छैन । उहाँप्रति भावनात्मक सम्बन्ध रहेछ । केही मानिस उहाँबारे नकारात्मक टिप्