
पथरी । फेन्साईज सो द भ्वाइस अप नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिने भएको छ । मेची माहाकाली म्यूमिकल कन्सर्ट अन्तरगत माघ २५ साझ पथरीमा आयोजना हुने कन्सर्टमा द भ्वाइस अफ नेपाल सीडी विजय अधिकारीका साथ टप टेन कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा हुने उक्त कन्सर्टमा १० हजार दर्शककाले मनोरञ्जन प्राप्त गर्ने आयोजकको लक्ष रहेको छ । नेपालको चर्चित रियालिटी सो द भ्वाइस अप नेपालका कलाकारको पुर्वमा माग भैरहेको बेला पिस ल्याम्प इन्टरनेशनलले दर्शकको न्यूनशुल्कमा मनोरञ्जन दिन पथरीमा ल्याउने भएको हो ।
आयोजकले मोरङको पथरीशनिश्चरेमा पत्रकार संमेलनको आयोजना गरी माघ २५ गते हुन लागेको कन्सर्ट बारे जानकारी गराएको छ । पथरीमा रहेको पथरी स्पोटीङको खेल मैदानमा हुने कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफत्रय कुशल आचार्य, सप्तक दुदराज, श्रीजय थपलिया, टप टेनमा पर्न सफल सुरेश क्षेत्री, श्रेया राई, विवेक वाइवा, अनु शाक्यले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने प्रालिका मेनेजिङ डाइरेक्टर अनुप योन्जनले जनाएका छन् ।
पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडले मोरङका ४ स्थानमा गर्न लागेको कन्सर्टमा माघ २१ गते धरानमा, माघ २३ गते विर्तामोडमा र माघ २६ गते केर्खामा समेत लाइभ कन्सर्ट गर्दैछ । कन्सर्टमा करिब २० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।














