
भोजपुर, २४ पुस ।
कुटपीट बाट भोजपुरमा एक वृद्धा घाइते भएकी छिन् । भोजपुर नगरपालिका ११ आम्तेककी ७० वर्षीय हर्की माया दर्जी घाइते भएकी हुन् । दर्जीलाई सोमबार सोहि ठाउँका अनिल राईले कुटपीट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए । कुटपीट बाट दर्जीको छाती, आँखा माथी र शरीरका विभिन्न भागमा चोट लागेको छ । त्यस्तै राईले दर्जीका १० वर्षीय नाती निखिल दर्जीलाई पनि कुटपीट गरेको परीवारले बताएका छन् । वृद्धाको जिल्ला अस्पताल भोजपुरमा उपचार पछि थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रीफर गरीएको प्रहरीको भनाई छ । कुटपीट गर्ने राईलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।