
भोजपुर ९ पुष ।
भोजपुरको पौवादुङमा गाँउपालिका -३ च्याङ्ग्रेमा आगोलागी हुदा एक घर जलेर नष्ट भएको छ । आईतवार राती ११ बजेको समयमा आगोलागी हुदा स्थानिय कुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा रहेको लत्ता कपडा, काठपात जलेर नष्ट भएका छन । आगोलागीबाट चार लख ५० हजार बरावरको क्षेती भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको मानसिक सन्तुलन ठिक नभएकोले आगो घरमुली आफैले लगाएको ईलका प्रहरी कार्यालय तीवारीभञ्जाङका सई सुरेन्द्र लिम्वुले बताए । स्थानिय बासि, जनप्रतिनिधी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरको भनाई छ ।














