
भोजपुर, २८ कात्तिक।
स्थानीय सरकारले गीत संगीतलाई पनि माया गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । पौवादुङ्मा गाउँपालिकामा भएको पुर्बाञ्चलव्यापि छैटौं भोजपुर आईडल गायन प्रतियोगिताको सेमि फाईनल प्रतियोगीतामा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमममा बौल्दै पौवादुम्ममा गाउँपालिका अध्यक्ष किरण राईले गीत संगीतलाई स्थानीय सरकारले सदैव सहयोग गर्ने बताउदै स्थानीय स्तरका कलाकारहरुको प्रतिभा खोजी गर्नका लागी गाउँपालिकाले गत आर्थिक वर्षमा बजेट नै विनियोजन गरेको वताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिनिधि सभा संसद सुदन किरातीले कलाकारीताको क्षेत्रको समस्या आफुलाई थाहा भएको बताउदै स्थानीइ स्तरमा रहेका कलाकारहरुको समस्या समाधानका लागी सबै संग हाते मालो गरेर जाने वताए । पौवादुम्मा गाउँपालिकाको प्रायोजन र कटुञ्जे युवा क्लव धोद्लेखानीको आयोजनामा भएको प्रतियोगीतामा ९ जना प्रतिस्पधीहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
क्लवका अध्यक्ष बाजेन्द्र किरातीको अध्यक्षतामा भएको गायक शम्भु राई, विभिन्न स्थानिय तहका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानीय, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो ।














