स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई सम्मान गरिने


बिराटनगर, १७ जेठ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्मालाई सम्मान गरिने भएको छ । सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर आगामी शुक्रवार राजधानीमा डा.शर्मालाई सम्मान गर्न लागिएको हो ।
स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर उदाहरणीय काम गरेकाले डा.शर्मालाई पुरस्कृत गर्न लागिएको मकालुखबरका प्रधान सम्पादक केशव सापकोटाले जानकारी दिए । डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले २०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ बिरामीलाई निःशुल्क उपचार गरेको छ ।
अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने पूर्वका बिभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीलाई निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
२०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले बिपन्न विरामीलाई दैनिक करिव ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरेको छ । नोबेलले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत केहि महिनाअघि बिराटनगरको न्यू सृष्टि दैनिकले पनि डा.शर्मालाई सम्मान गरेको थियो भने निरन्तरखबर अनलाईनले पनि हालै नोबेल अस्पताललाई सम्मान गरेको छ ।
को हुन् डा.सुनिल शर्मा ?
झापाको दमक स्थित दुम्सेमा २०३४ पुस २२ गते वुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको कोषबाट जन्मिएका डा.सुनिल शर्मा सामाजिक ब्यक्तिका रुपमा स्थापित छन् । स्वास्थ्य क्षेत्रमा प्रसिद्ध बिराटनगरको नोबेल शिक्षण अस्पतलका सञ्चालकसमेत रहेका डा.शर्माले जिवनमा अनेकौं दुःख कष्ट झेल्दै यो अवस्थामा आईपुगेका हुन् ।
आफुले जिवनमा भोगेका दुःख कष्टका कारण उनी गरिब र असहायलाई सहयोग गर्नुपर्छ भनेर सहयोगी भावनाले अघि बढिरहेका छन् । सामाजिक र आर्थिक रुपमा स्थापित भएपछि उनी अहिले दुःखी गरिवको सेवामा समर्पित भएका हुन् । बाल्यकालमा रिक्सा कुदाउँने, क्यारेमवोर्ड खेलाउँने र हाँस बेच्ने जस्ता कठिन काम एवं कठोर संघर्ष गरेका डा.शर्मा सोहि मेहनतका कारण अहिले सफल ब्यक्तित्वका रुपमा उदाहरणीय बनेका छन् ।
डा.शर्माले हजारौं बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाउँनुका साथै लाखौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् । शिक्षाबाट बञ्चित दयनीय आर्थिक अवस्था र सामाजिक उत्पीडनमा पारिएका जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर डा.शर्माले उनीहरुको जिवनमा परिवर्तन ल्याईदिएका छन् ।
डा.शर्माकै कारण नेपालमै पहिलोपटक सतार समुदायका युवाले एमवीवीएस उत्रिर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् । उनले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाएका छन् । निरन्तर सामाजिक सेवामा समर्पित डा.शर्मा अहिले समाज र राष्ट्रकै लागि उदाहरणीय ब्यक्तिको रुपमा स्थापित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार