एमाले–माओवादी विघटन, ‘नेकपा’ का नेताहरुले लिए सपथ


काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ ।

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ ।
बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सामूहिक सपथ लिएका छन् ।

सुरुमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए ।

त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए ।

सोसँगै एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ ।

बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । त्यस्तै, दुवै पार्टी का जनवर्गीय संगठनहरु खारेज गर्ने निर्णय समेत गरिएको छ ।

दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइनेछ , पार्टीको राष्ट्रियसभागृहमा केहिबेरमा घोषणा गरिँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार