भोजपुरमा कुटपीटबाट महिलाको मृत्यु..


भोजपुर, २४ चैत्र ।
जिल्लाको टेम्केमैयुङ्ग गाउँपालिका –२ छिनामखुमा  नन्दे भाईको कुटपीटबाट एक महिलाको ज्यान गएको छ ।

 

आइतवार साँझ सामान्य घरयासी विवाद हुँदा आफ्नै ५४ वर्षीय नन्देभाई प्रमेश राईले जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईलाई कुटपीट गरेका थिए ।

कुटपीटबाट टाउको लगाएत विभिन्न ठाउँमा चोट लागेर गम्भिर घाइते विद्याको जिल्ला अस्पतालमा उपचारको क्रममा सोमवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने प्रमेशको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार