भोजपुर, १८ चैत्र ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले एक जनालाई पक्राउ गरी सार्वजनिक मृद्धा चलाएको छ । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका –एक रानीवासका ३१ वर्षीय असोक विकलाई गाली गलोज तथा अपशब्द बोलेको आरोपमा मुद्धा चलाइएको हो ।
शारिरिक रुपमा अपाङगता भएकी सोहि ठाउँका स्थानीय इमान शिंह तामाङको २१ वर्षीय छोरी पार्वती तामाङलाई अपशब्द बोलेको आरोपमा इलाका प्रहरी कार्यालय घोरेटारले विकलाई पक्राउ गरेको थियो ।
विकले गत १४ गते तामाङलाई अपशब्दसंगै गालि गलोज गरेको प्रहरीको भनाई छ । विक विरुद्ध पीडीत तामाङ्गले दिएको उजुरीको आधारमा आइतवारबाट ५ दिनको म्याद थपी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।