भोजपुर,१७ चैत्र ।
भोजपुर नगरपालिका –११ वासवोटेका स्थानियलाई पीउने पानीको समस्या भए पछि वसाई सर्न वाध्य भएका छन् । विगतमा पानी प्रयोग गर्दै आएको मुहान सुकेपछि स्थानियलाई पानीको समस्या भएको हो ।
सो क्षेत्रका करिव ३० देखि ३५ घरलाई पीउने पानीको अत्यन्तै समस्या रहेको स्थानियको भनाई छ । पानीको समस्याका कारण कतिपय स्थानिय वसाई सरि सकेका छन्, भने कतिपय सर्ने तयारीमा रहेका छन् । पीउने पानीको जोहो गर्नका लागि करिव ३ घण्टा लाईनमा वस्नु पर्ने स्थानिय याम वहादुर राईको भनाई छ ।
यहाँका स्थानियले हिउँको समयमा वर्षौ देखि यस्तै समस्या भोग्दै आएका छन् । निर्वाचन ताका भोट माग्ने क्रममा नेताहरुले पानीको समस्या समाधन गर्छु भनि दिएको आस्वासन पनि पुरा नगरेको उनको गुनासो छ ।
उनि भन्छन्‘ निर्वाचनको वेला पानी ल्याइदिन्छौ भनेर नेताहरुले आस देखाए सवै मिलेर भोट लगाऔ तर अहिले पानीको समस्या उस्तैछ ।’ पानीको अभावका कारण धेरै मानिसहरु वर्षेनी वसाई सरी रहेको उनको भनाई छ। उनले भने‘ पानीको कारण गाउँका करिव ११ घर त वसाई सरिसके पानीको अत्यन्तै समस्या भए पछि म पनि सर्ने तयारीमा छु, के गर्नु यो हाम्रो वाध्यता हो, पानीको लागि तीन घण्टा लाइन वस्नु पर्छ ।’
यता वडा नं –११ का वडा अध्यक्ष अशोक राईले पनि सो क्षेत्रमा पानीको समस्या रहेको स्वीकार गरेका छन् । उनले पनि सो क्षेत्रको पानीको समस्या समाधानको लागि काम गर्ने वताए । उनले भने ‘कुनै आर्थिक श्रोत जुटेमा यो वर्ष नभए पनि अर्को आर्थिक वर्ष वजेट विनियोजन गरेर समस्या समाधान गर्छु ’।
उनले सो क्षेत्रमा पानीको निकै समस्या रहेको गुनासो आए पछि आफुले पनि अनुगमन गरेको वताएका छन् । उनि भन्छन् ‘पानीको समस्या भएको जन गुनासो वढे पछि मैले सो क्षेत्रको अनुगमन गरेको छु, त्यहा पहिला सञ्चालन भएको खानेपानी योजनाको पानीको पाएप काटेर केहि स्थानियले खेतमा पानी लगाएको पनि मैले भेटे त्यस्तो काम नगर्न सजक पनि गराएको छु ।’
सोही वडाको राङभाङेमा रहेको खानेपानीको समस्या समाधानका भने लागि वजेट विनियोजन गरिएको उनको भनाई छ । जिल्लाको मानेभञ्याङ्ग, वास्तीम, जरायोटार, टक्सार लगाएत ठाउमा पनि पानीको समस्या हुने गरेको छ । पानीको कारण जिल्लाका धेरै मानिसहरु वर्षेनी विस्तापित भइरहेका छन् ।