भोजपुर,१५ चैत्र ।
भोजपुर जिल्लालाई अगामी वैसाख महिनाको २७ गते भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । विहिवार वसेको डीवासीसीको वैठकले जिल्लालाई २७ गते भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।
जिल्लालाई यस अघिका मितिमा खुल्ला दिसामुक्त घोषणाकोलागि कोशिस गरिएको भए पनि भोजपुर वजार क्षेत्रका केहि वडाले सौचालय निर्माण नगर्दा खुल्ला दिसामुक्त घोषणा हुन सकेको थिएन ।
भोजपुर नगरपालिका क्षेत्रका वडा –७ लगाएत अन्य केहि वडालाई वैसाख १५ भित्र खुल्ला दिसामुक्त घोषणा गरि जिल्लालाई २७ गते अगाडी नै खुल्ला दिसामुक्त घोषणा गरिने भएको हो ।
त्यस्तै वैठकले अरुण गाउँपालिकाको प्याउलीमा सार्वजनिक सौचालय निर्माण गर्ने निर्णय समेत गरेको छ । सौचालय जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय र अरुण गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गर्न लागिएको डीवासीसीका सदस्य सचिव तथा खानेपानी कार्यालयका प्रमुख विजय कुमार यादव जानकारी दिए ।