भोजपुर, १४ चैत्र ।
भोजपुर जिल्लालाई यहि चैत्र २५ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । वुधवार वसेको अनौपचारिक शिक्षा समिति भोजपुरको वैठकले साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको हो । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसंगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
साक्षर जिल्ला घोषणा कार्यक्रम प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राई प्रमुख आतिथ्यतामा भोजपुरको टुडीखेलमा हुने जिल्ला शिक्षा कार्यालय भोजपुरका सुचना अधिकारी मानवहादुर देवकोटाले जानकारी दिए ।
जिल्लाको एक सय १० स्थानमा सराक्षरता कक्षा सञ्चालन भइरहेको र त्यसमा एक हजार ६ सय ५० जनाले निरन्तर शिक्षाको कक्षा लिईरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला अनौपचारीक शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काको अध्यक्षतामा सरोकारवालाहरुको वैठकवसी यस्तो निर्णय भएको हो ।
यस अघि ११ फागुनमा यस समितिको वैठक वसी २८ चैत्र भित्र साक्षर जिल्ला घोषण गर्ने भनि निर्णय भएको थियो । यसै अनुसार २५ चैत्रलाई घोषणा मिति तोकिएको हो ।