
९ चैत । सल्यानमा ब्रोइलर कुखुराको मासु खाँदा एक बालिकाको ज्यान गएको छ । अन्य ४ जना बिरामी भएका छन् । बुधबार राति घरमा पकाएको ब्रोइलरको मासु खाँदा १० वर्षीया बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । ब्रोइलरको मासु खाँदा छत्रेश्वरी–४, झिम्पे हारिचार निवासी हिरालाल बिककी १० वर्षीया छोरी छाँया बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, अन्य ४ जना पनि बिरामी परेको मृतकका बुवा हिरालालले बताउनुभयो । मासु खाँदा हिरालाकै ११ वर्षीया छोरी भmरना बिक, ६ वर्षीया छोरी रेनुका बिक तथा हिरालालकै ४० वर्षीया बहिनी टीका बिक र धनबहादुर बिक रहेका छन् ।
माइत आएका बहिनी–ज्वाईले स्थानीय बजारबाट ल्याएको ब्रोइलरको मासु पकाएर खाँदा एक जनाको मृत्यु भएको र अन्याको ज्यान गएको मृतककी आमा लक्ष्मी बिकले जानकारी दिनुभयो ।
‘मासु खाएपछि रातिबाट पखाला र उल्टी हुन सुरु भयोे’, लक्ष्मीले भन्नुभयो, ‘पहिले घरका ठूला मान्छेलाई उल्टी र पखाला सुरु भयो । त्यसपछि केही समयपछि पेट दुख्यो भनेर छोरीहरु पनि रुन कराउन थाले । हामी अत्तालिएर हामी उपचार गर्न श्रीनगर गयौं , तर त्यहाँ पुग्दा छोरीको ज्यान गइसकेको रहेछ ।’
श्रीनगरको अधिकारी मेडिकलमा सामान्य उपचारपछि ३ जनाको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । धनबहादुर विककोे उपचार भने नेपालगञ्जमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
उपचारपछि अहिले तीनै जनाको अवस्था समान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख अर्जुन बुढा मगरले बताउनुभयो । मासु खाँदा फुट प्वाइजनिङ भएको हुनसक्ने उनको भनाई छ ।