भोजपुरमा निशुल्क औषधी बेच्ने कर्मचारी सोनु शाहालाई वडा कार्यालयले गर्याे यस्तो निर्णय


भोजपुर ८ चैत्र ।  रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्जाङ्ग स्वास्थ्य चौकिमा निःशुल्क आएको औषधि वेच्ने कर्मचारीलाई कारवाहिको सिफारिस गरिएको छ । सरकारले निशुल्क रुपमा वितरण गर्न दिएको औषधि स्वास्थ संस्थामा वेचिने गरेको खुलासा भएपछि वडा कार्यालयले कारवाहिको सिफारिस गरेको हो ।

स्वास्थ्य चौकि व्यावस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिको बैठकले स्वास्थ्य चौकि प्रमुख सोनु शाहले निःशुल्क औषधि विरामिलाई वेचेको पाइएको कारण कारवाहिको लागि गाउँपालिकामा सिफारिस गरिएको अध्यक्ष विरेन्द्र राईले बताए ।

समितिको बैठकमा स्वास्थ्य चौकि प्रमुख सोनु शाहले गल्ती गरेको स्विकार गरेको र एक पटकलाई माफि दिन अनुरोध गरेपनि घट्ना गम्भिर भएको कारण कारवाहीको लागि सिफारिस गरिएको अध्यक्ष राईले बताए ।

महिनावारीका कारण अत्याधिक रत्तश्राप भएपछि स्वास्थ्य चौकि पुनु भएकी रामप्रसाद राई गाउँपालिका ७ की रमिता बोगटिलाई स्लाइन चढाए वापत चार सय रुपैया लिएकी थिईन ।

सामान्य बजारमा समेत वढिमा ७५ रुपैया पर्ने स्लाइनलाई स्वास्थ्य संस्थामा चार सय रुपैया लिइएको हो । निःशुल्क औषधि वेच्ने प्रमुख शोनि शाह रामप्रसाद राई गाउँपालिकाको स्वास्थ शाखा प्रमुख समेत हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार