जिल्ला प्रशासन कार्यालय भोजपुुरद्धारा बजार अनुगमन, यस्तो पाईयो बजारमा


 

भोजपुर ५ चैत्र ।जिल्ला प्रसासन कार्यालय भोजपुर द्धारा भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगम गरेको छ । (आज) सोमवार सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यैपानेको नेतृत्वमा बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्ययन तेल, पेय पर्दाथ लगाएतका बस्तु फेला परेका छन । भोजपुर सदरमुकाम स्थित लोकतान्त्रीक गेट देखि चारभञ्जाङ सम्म रहेका २८ वटा किराना पसलमा अनुगमन गरि म्याद गुज्रिएका पेय पर्दाथ तथा खाध्यनका सामानहरु सामुहिकरुपमा नष्ट गरिएको सहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

पसलहरुबाट १२ हजार २ सय २० मुल्य बरावरको सामान नष्ट गरिएको हो । अनुगमनका क्रममा खाध्यन्न तथा मधिराजन्य सामानहरु एकै ठाउँमा राखेर विक्री गरेको र कतिपय पसल दर्ता नभई सञ्चालन भएको पाईएकोले उनिहरुलाई कानुनी दाहेरामा आउन सुझव समेत दिएको न्यौपानेको भनाई छ ।

प्रशासनले भोजपुरको ज्ञानेश किराना पसल, कान्तीपुर किराना पसल, विद्याधारी सब्जी तथा किराना पसल , कुमकुम स्वीटहाउस, दुर्गा किराना पसल लगाएतका २८ पसलहरुको अनुगमन गरेको थियो ।

जिल्ला प्रशासनले ३/४ महिनाको फरकमा अनुगमन गर्नु पर्ने भएपनि स्थानिय, प्रदेश तथा प्रतिनिधी सभाको निवार्चनका कारण केही ढिलाई भएको न्यौपानेले जानकारी दिए ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको उनको भनाई छ । बजार क्षेत्रमा धेरैजसो पसलमा पेय पदार्थ म्याद गुज्रिएको फेला परेको छ ।

अनुगमनमा उधोग बाणिज्य संघ, नागरिक समाज, सुरक्षा निकाए, उपभोक्ता अधिकार मंचका प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार