भोजपुर, ४ चैत्र ।
‘भोजपुर सेवा समाज युएई’को दोस्रो अधिवेशन सम्पन्न भएको छ । भोजपुर जिल्लाबाट बैदेशिक रोजगारीका लागि दुवईमा रहेकोहरुको साझा संस्था ‘भोजपुर सेवा समाज युएई’ अवुदावीमा शुक्रवार सम्पन्न भएको हो ।
अधिबेशनले अध्यक्षमा भिम थापा, वरिष्ठ उपाध्यक्ष रामप्रसाद राई, उपाध्यक्षहरु संगिता चापागाइँ, चन्द्रप्रसाद दाहाल, शुशिल श्रेष्ठ, महासचिव विमल लामिछाने, सचिव, सुरेन्द्र लामा, कोषध्यक्ष दिपक थापा र सह कोषध्यक्षमा टिकाराम वस्नेत सहित १७ कार्यसमिति चयन गरेको हो ।
२०५९ सालमा स्थापना भएको संस्थाले जिल्लामा विभिन्न सामाजिक काम गरिहरहेको नवनियुक्त अध्यक्ष थापाले जानकारी दिए ।स्थापना भएर अहिले सम्म आइपुग्दा संस्थाले बिभिन्न स्थानमा भएका दैबि प्रकोपमा सहयोग गरेको अध्यक्ष थापाको भनाई छ । त्यस्तै सामाजिक, सांस्कृतिक तथा कुनै पनि समय अकस्मिक रुपमा हुने दैवीप्रकोपहरुमा आगमी दिनमा पनि सहयोग जारी राख्ने सस्थाका वरिष्ठ उपाध्यक्ष राम प्रसाद राई राईले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति खेमराज बस्नेतले सम्पुर्ण नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । उनले आफु पनि भोजपुर जिल्लावासी भएकोले जिल्ला आईपर्ने समस्याहरुमा सवैसंग सहकार्य गरेर काम गर्ने वताए ।