भोजपुर सानोदुङ्माका यस्तो व्याक्तित्व, जसले विद्यार्थीहरुलाई निशुल्क खाना खुवाउछन् !


समाजसेवी जयनारायण राई ।

भोजपुर, २० फागुन ।
हाम्रो समाजमा यस्ता उदाहरणीय व्यक्ती पनि छन् जसले समाजको लागि निस्वार्थ रुपमा योगदान गरिहेका छन् । र उनिहरु यसैमा रमाउदै पनि आएका छन । यस्तै एक समाजसेवी व्यक्तित्व हुन्, भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सानोदुङ्मा जन्मथलो भएका जयनारायण राई । उनले स्थानिय एक विद्यालयमा गरिरहेको योगदान निकै प्रसंशायोग्य र उदाहरणीय छ ।

राइले सानोदुङ्माको लुभुवा भन्ने स्थानमा विद्यालयको स्थापना देखि हाल सम्म विद्यालयको हरेक आर्थिक पक्षमा सहयोग गर्दै आएका छन् । उनले स्थापना कालमा शिक्षकलाई तलव खुवाउने, विद्यालयको भवन निर्माणसंगै पढ्न आउने विद्यार्थीलाई निशुल्क खानाको व्यावस्था समेत गरि दिएका छन् ।
उनकै पहलमा स्थापना भएको पौवादुङ्मा गाउँपालिका वडा नं –५ लुभुवामा रहेको पुर्व क्षितिज प्राथमिक विद्यालयका विद्यार्थीलाई निशुल्क खानाको व्यावस्था गरेका हुन् । विद्यार्थीका लागि निशुल्क रुपमा विद्यालयमा नै दाल भातको व्यावस्था गरिएको छ ।
उनको पहलमा २०४७/४८ साल ताका प्रस्तावित विद्यालयको रुपमा स्थापना भएको सो विद्यालयमा तीन वर्ष पछि दुई जना शिक्षकको व्यावस्था सरकारले मिलाएको छ भने अन्य आर्थिक तथा भौतिक निर्माण आफनै लगानीमा भएको राईको भनाई छ ।
राइले भने ‘विद्यालयको भवन निर्माण देखि फर्निचर निर्माण लगाएत सवै आर्थिक क्रियाकलापमा मैले सहयोग गर्दै आएको छु । त्यसमा भवन निर्माणको लागि स्थानियले श्रमदान भने गरेका छन्।’ हाल विद्यालयमा पुस्ताकालय समेत विस्तार गरि दिएको राईको भनाइ छ ।
विद्यालयमा विद्यार्थीको उपस्थिति नियमिति गराउनको लागि उनले शुरुमा मकै मटमास खाजा दिने व्यवस्था मिलाएका थिए । केहि वर्ष पछि खाजा परिवर्तन गरि उनले चिउरा विस्कुट हुँदै अहिले आएर खानाको व्यावस्था मिलाएको वताएका छन् । हाल विद्यालयमा ३५ जना विद्यार्थी रहेको उनको भनाई छ । विद्यालयमा एक महिना सम्म नियमित हाजीर हुने सवै विद्यार्थीलाई कलम, कपी र तीन महिना सम्म नियामित हाजिर हुने विद्यार्थीलाई धारा तेल दिने गरेको राईको भनाई छ ।
उनले २०५६/ ५७ साल तिर विद्यालयमा नै कपडा सिलाउने व्यावस्था मिलाएर सवै विद्यार्थीलाई एक साथ पोसाक समेत वितरण गरेको वताए ।
उनले भने ‘ विद्यार्थीलाई नियमित विद्यालय आउने वातातरण मिलाउनको लागि शैक्षिक सामग्री वितरण, खाजा तथा खानाको व्यावस्था लगाएत मैले नै गरि दिएको हुँ ।’ विद्यालयमा विद्यार्थीलाई खेलकुद सामग्री पनि आफैले व्यक्तिगत रुपमा व्यवस्था गदै आएको राईको भनाई छ । उनलाई यस्तो काम गर्नमा स्थानिय वालचन्द्र राईले प्रोत्साहन गर्ने गरेको उनले वताए ।
वालचन्द्रलाई सम्झदै उनले भने ‘ मैले विद्यालयलाई सहयोग गरि रहँदा वालचन्द्र राईको पनि निकै ठुलो भुमिका छ, विद्यालयमा सहयोग गर्नु पर्ने पक्षमा उहाँले मलाई प्रोत्साहन गर्नु हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार